News

news3

रिभ्याम्प नेपालको पाँचौं संस्करण शनिबार हुँदै, पाँच हजार बढी अवलोकनकर्ताको अपेक्षा

रिभ्याम्प नेपालको पाँचौं संस्करण 'रिभ्याम्प नेपाल-२०२३' यही शनिबार (माघ २८ गते) हुँदैछ।  

ठमेलको छाया सेन्टरमा आयोजना हुने उक्त मेला शनिबार बिहान साढे १० बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ। आगन्तुकहरूको लागि उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।   

प्रदर्शनीमा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायहरूका साथै केही प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता हुनेछ।

महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्नका लागि सन् २०२१ फेब्रुअरीमा रिभ्याम्प नेपालको पहिलो संस्करण आयोजना गरिएको थियो। 

यो पाँचौं संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रूपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न मद्दत गर्नेमा आयोजक विश्वस्त छ। 

 

फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा नबिल बैंकसँगको सहकार्यमा आयोजित रिभ्याम्प नेपालको यस संस्करणमा डिशहोम, ई-बिमा, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, उपाय, फुडमाण्डु, नेपाल एयरलाइन्स इ-सेवा सिस्क्युब टेक्नोलोजी आर्टसियम प्रोडक्सन, ग्रेस इन्टरनेशनल एजुकेसन, युजी केक, रमाइलो गेम्स, सेरिङ अपर्चुनिटिज, हाइलाइफ र नेपाल युवा उद्यमी फोरम काठमाडौं च्याप्टर लगायत संस्थाहरूको सहयोग छ।

कार्यक्रममा ७० भन्दा बढी उद्यम व्यवसायीहरूको सहभागिता हुनेछ भने पाँच हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा छ।

 

Originally published by Setopati

Copyright 2024 © All Right Reserved by Revamp Nepal Pvt. Ltd.